गाेरखा । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा २ हजार ४०० रुपैयाँले घटेर तोलाकाे ३ लाख ६ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख ९ हजार रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य घट्दा चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । चाँदी ताेलाकाे ४ हजार ७८० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे पनि प्रतितोला ४ हजार ७८० रुपैयाँमा नै काराेबार भएको थियाे ।



