गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ९ हजार ५०० रुपैयाँले घटेर तोलाकाे ३ लाख ९ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाको ३ लाख १८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ताेलाकाे ४ हजार ७८० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार प्रतितोला ४ हजार ९६५ रुपैयाँमा नै काराेबार भएको थियाे ।



