साँकेतिक तस्बिर
गाेरखा । भाेटेकाेशी नदीमा आएकाे बाढीले ल्याएका शवका टुक्राहरु ब्यवस्थापन गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एव सूचना अधिकारी राज कुमार श्रेष्ठका अनुसार हिजाे शनिबार राती २९ वटा शवका टुक्राहरु जमिन मुनी गाडिएकाे हाे ।
बाढीले गाेरखाकाे गण्डकी र शहिदलखन गाउँपालिकाकाे त्रिशुल नदी किनारका विभिन्न स्थानमा फेला परेका शरिरका विभिन्न भागका टुक्राहरु ब्यवस्थापन गरिएकाे सूचना अधिकारी श्रेष्ठले बताए ।
ब्यवस्थापन गरिएका टुक्राहरुमा पहिचान गर्न नसिकने अवस्थाका र सडिगली गएका शवका टुक्राहरु भएकाे पनि उनले जानकारी दिए ।
शहिदलखन गाउँपालिका-९ काे बुंकाेट घाँटमा ति टुक्राहरु जमिन मुनी गाडिएकाे हाे ।
खाेज तलासका क्रममा हिजाे शनिबार साँझसम्म ५८ शव फेला परेकाे थियाे । जसमध्य ११ सगला शव पाेखरा पठाएकाे छ भने १८ वटा शव गाेरखा सदरमुकामकाे प्रदेश अस्पताल गाेरखामा १४ र निजी अस्पताल एनपिआईमा ४ शव राखिएकाे पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।



