गाेरखा । नेपाल राष्ट्र बैंकले आज आइतबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ५ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ११० रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ रुपैयाँ ६४ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ७२ पैसा र बिक्रीदर २३ रुपैयाँ ८१ पैसा तोकिएको छ ।
बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ बिक्रीदर ४०५ रुपैयाँ ५९ पैसा, ओमनी रियाल १ को खरिददर ३९५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ १८ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।



