गाेरखा । नेपाली बजारमा आज सुनकाे मूल्यमा घटदा चाँदीकाे मूल्य स्थिर छ ।
सुन ताेलामा २ हजार ४०० रुपैयाँले घटेर तोलाकाे ३ लाख १८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख २० हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य घटेकाे भएता पनि चाँदीकाे मूल्य स्थिर रहेकाे छ । चाँदी प्रतितोला ताेलाकाे ४ हजार ९६५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ९६५ रुपैयाँमा नै काराेबार भएको थियाे ।


