गाेरखा । नेपाल राष्ट्र बैंकले आज शुक्रबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९१ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १८९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९० रुपैयाँ ४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४२ रुपैयाँ २ पैसा कायम भएको छ ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४ रुपैयाँ ६६ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३ पैसा र बिक्रीदर ११ रुपैयाँ ८ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ६ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ७६ पैसा र बिक्रीदर २३ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ २१ पैसा र बिक्रीदर ४९९ रुपैयाँ १७ पैसा, बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ६९ पैसा बिक्रीदर ४०६ रुपैयाँ २८ पैसा, ओमनी रियाल १ को खरिददर ३९६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८६ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


