गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्यमा सामान्य गिरावट आएकाे छ ।
सुन ताेलामा १ हजार २०० रुपैयाँले घटेर तोलाकाे ३ लाख २० हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख २२ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ९७५ रुपैयाँमा काराेबार भएको थियाे ।


