गोरखा । हिजाे रसुवाबाट आएकाे बाढीले बगाई ल्याएकाे १९ वटा शव गाेरखाकाे विभिन्न क्षेत्रमा फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले दिएकाे जानकारी अनुसार शहिद लखन र गण्डकी गाउँपालिकाे विभिन्न स्थानमा गरी उक्त संख्यामा शव फेला परेकाे हाे ।
फेला परेकाे शव बुधबारका हुन् । आज बिहीबार पनि नदी क्षेत्रकाे तटीय क्षेत्रमा विहानैदेखी खाेजी कार्य सुरु गरिएकाे सूचना अधिकारी श्रेष्ठले बताए । खाेजीकाे लागि जिल्लाकाे विभिन्न प्रहरी युनिटहरु खटिएका छन् ।
१९ जनाकाे शव फेला पर्दा सगुलाे शव १२ जनाकाे फेला परेकाे छ भने त्यस मध्य ८ जना पुरुष, १ जना बालक, २ जना महिला र १ जनाकाे लिंग खुल्न सकेकाे छैन ।
त्यस बाहेक पनि ख खुट्टामात्र भएको २, टाउको मात्र भएको १, हात र छाती मात्र भएका २, कम्मरको भागमा भएकाे १ र टाउको र कानमात्र भएको भाग १ शव छन् ।
कहाँ कहाँ कस्ताे अवस्थामा फेला परे :
गण्डकी गाउपालिका-८ धवादीघाट स्थित त्रिशुली नदि किनारामा १ खुट्टा नभएको १ जना पुरुष ब्यक्ती
गण्डकी गाउपालिका-६ भुम्लिचोक स्थित त्रिशुली नदि किनारमा रहेको रुख अड्किएको अबस्थामा १ जना
गण्डकी गाउपालिका-१ बुट्टार स्थित त्रिशुली नदि किनारामा रहेको टिनको छाप्रामा मानिसको १ वटा खुट्टा
सहिदलखन गाउपालिका-४ फेवाटार स्थित त्रिशुली नदिको किनारामा रहेको खेल मैदानमा १ जना पुरुष व्यक्तिको टाउको मात्र
गण्डकी गाउपालिका-७ ज्यामिरेघाट स्थित त्रिशुली नदि किनारमा १ जना पुरुष
सहिदलखन गाउपालिका-३ सिलिङटार स्थित त्रिशुली नदि किनारामा १ पुरुष र १ महिला
सहिदलखन गाउपालिका-४ ढोडेनी स्थित त्रिशुली नदि किनारामा महिलाको घाँटी भन्दा तल कम्मर देखि माथिको भाग
गण्डकी गाउपालिका-१ बुट्टार त्रिशुली नदि किनारामा मानिसको पेटको भाग मात्र
साेही स्थानमा मानिसको बायाँ खुट्टा
साेही स्थानमा दाहिने हात र छाती मात्र
साेही स्थानमा मानिसको २ वटा हात सहितको छाती
साेही स्थानमा मानिसको दाहिने हात ,कान देखि तल कम्मर सम्मको भाग
साेही स्थानमा मानिसको कान र टाउको छियाछिया परि टाउको फुटेको
गण्डकी गाउपालिका-६ हिक्लुङफाँट त्रिशुली नदि किनारामा १ (पुरुष) बालकको शव
साेही स्थानमा १ पुरुषको शव
सहिदलखन गाउपालिका-३ त्रिवेणीघाट स्थित त्रिशुली नदि किनारामा ३ जना पुरुष (१ जना पुरुषको दाहिने हातको कुईना नभएको , दुबै घोडाभन्दा तलको भाग नभएको )
सहिदलखन गाउपालिका-४ फेवाटार स्थित त्रिशुली नदिको किनारामा १ पुरुष


