गाेरखा । आज नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ ।
सुन ताेलामा १०० रुपैयाँले घटेर तोलाकाे ३ लाख २२ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख २२ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य घटेपनी चाँदीकाे मूल्यमा भने उतार आएकाे छ । चाँदी प्रतितोला ७५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ९०० रुपैयाँमा काराेबार भएको थियाे ।


