गाेरखा । मगलबार गाेरखामा भएकाे ट्याक्टर दुर्घटनामा परी २ जना घाईते भएका छन् । साेही दुर्घटनामा परेका अन्य १ जना भने गंभिर अवस्थामा रहेकाे गाेरखा प्रहरीले जनाएकाे छ ।
मंगलबार साँझ ५:४० बजे अजिरकोट गाउपालिका-२ काे खरिबोट स्थितमा लु. ५ त १२७५ नं. को खाली ट्याक्टर दर्घटनामा परेकाे हाे ।
भच्चेकबाट खरिबोट तर्फ जादै गरेको उक्त ट्याक्टर सडकबाट अन्दाजी ३० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले बताए ।
दुर्घटनामा परी ट्याक्टर चालक लम्जुङ, दुधपोखरी गाउपालिका-२ डेनसरा बस्ने बर्ष अं. २२ को प्रकाश नेपाली र सहचालक गोरखा, पालुङटार नगरपालिका-१ खोप्लाङ बस्ने अं. १६ को सुजन गुरुङ घाईते भएका हुन् । घाईते मध्य गुरुङका अवस्था गंभिर रहेकाे सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
चालक नेपालीकाे दायाँ हात , पेटमा चोट बोल्न सक्ने अबस्था मध्यममा रहेकाे र सहचालक गुरुङलाई बाहिरी चोट नभएको भएता पनि अबस्था गंभिर देखिएकाे उनले बताए ।
दुवै जनाकाे भच्चेक स्थित आधारभुत अस्पतालमा उपचार पछी हिजै चितवन रिफर गरेको छ । दुर्घटनाकाे अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।
तस्बिर : जिल्ला प्रहरी कार्यालय गाेरखा


