साँकेतिक तस्बिर
गोरखा । गोरखामा हिजो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन जिल्ला घर भइ सिरानचोक गाउँपालिका–४ माझगाउँ बस्ने बर्ष ४५ का मोहन बहादुर बोहरा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले बताए ।
आइतबार दिउसो ११ बजेको समयमा माझगाउँ बेशी स्थित हरी पोखरेलको बारी जोत्न लिएर गएको ग १ त ७५४८ नम्बरको ट्याक्टर बारीको कान्लाबाट अन्दाजी ३० मिटर तल खस्दा चालक बोहरा गंभिर घाइते भएका थिए ।
उनको प्रदेश अस्पताल गोरखामा सामान्य उपचार पछी थप उपचारको लागि चितवन लगिएको थियो । बोहराको चितवनमा रहेको नेशनल सिटी अस्पतलामा उपचारको क्रममा दिउसो ३ः४५ बजे चिकित्सकले मृत्त घोषित गरेको गोरखा प्रहरीले जानकारी दिएको हो ।
ट्याक्टर दुर्घटना हुदा बोहराको अनुहार र छातीमा गंभिर चोट लागेको पनि प्रहरीले जनाएको छ ।
प्रहरी दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।


