गाेरखा । नेपाली बजारमा आज सुनकाे मूल्य उकालाे लागेकाे छ भने चाँदीकाे मूल्य सामान्य घटेकाे छ ।
सुन ताेलामा २ हजार ८०० रुपैयाँले बढेर तोलाकाे ३ लाख १९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाको ३ लाख १६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य बढे पनि चाँदीकाे मूल्य भने सामान्प गिरावट आएकाे छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार प्रतितोला ४ हजार ९८५ रुपैयाँमा काराेबार भएको थियाे ।


