गाेरखा । उत्तरी गाेरखाका एक जंगलबाट गाेरखा प्रहरी वेवारिसे अवस्थामा राखेकाे ५ थान बन्दुक बरामद गरेकाे छ ।
आरुघाट गाउँपालिका-६ काे चिहान डाँडा नजिकैकाे जंगलबाट ५ थान १ नाले भरुवा बन्दुक बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले बताए ।
उक्त बन्दुक हिजाे शनिबार इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरिक्षक अनिल श्रेष्ठकाे गस्ती टाेली आरुघाट गाउँपालिका-७ काे चुरुङ सल्लेरी तर्फ जादै गर्दा चिहानडाँडा नजिक जंगलमा सल्लाको हाँगाहरुले छोपेर राखेको बेवारिसे अवस्थामा ५ नाल बन्दुक फेला परेपछी बरामद गरिएकाे सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
बरामद भएका बन्दुकहरुमा १ नाले भरुवा बन्दुक थान -५ वटा ( १ वटा भाचिएको ४ वटा खिँया लागेको) फेला पारे उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।


