गोरखा । महिला उद्यमी विकास समिति गोरखाको साधारण सभा सम्पन्न भएको छ । समितिले आज सदमुकाममा १३ औं साधारण सभा सम्पन्न गरेको हो ।
गोरखा उद्योग बाणिज्य संघ अन्तरर्गतको महिला उद्यमीले संघको सभा हलमा साधारण सम्पन्न गरेको छ ।
अध्यक्ष रिता श्रेष्ठको अध्यक्षमा सम्पन्न साधारण सभामा सचिव सारदा खत्रीले बार्षिक प्रतिवदेन र कोषाध्यक्ष कल्पना श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन ।
गोरखा नगरपालिकाकी उपमेयर मसली मायाँ थोकर पुनः प्रमुख अतिथी रहेको उक्त साधारण सभामा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष भगवानबावु मास्के र महिला उद्यमीका संस्थापक अध्यक्ष देव मास्केले शुभकामना मन्तब्य राखेका थिए ।
समितिले स्थापना कालदेखी नै जिल्ला भित्रका विभिन्न क्षेत्रका महिलाहरुलाई आर्य आर्जन संग जोडेर तालिम तथा सचेतना कार्यक्रम गराउदै आएको छ ।


