गोरखा । गोरखा सदरमुकाममा रहेको श्री सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को साधारण सभा सम्पन्न भएको छ । सहकारीले सदरमुकाममा १६ औं साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष शरद बावु कट्टेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा सचिव श्रवण कुमार जोशीले संस्थाको बार्षिक प्रगति प्रदिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष बिशाल राना मगरले बार्षिक आय ब्यय पेश गरेका थिए ।
दुवै प्रतिवेदन सर्वसम्मत रुपमा पास गरिएको संस्थाका ब्यवस्थापक गणेश श्रेष्ठले जानकारी दिए ।
साधारण सभाको संस्थापक अध्यक्ष अच्यूतलाल श्रेष्ठ प्रमुख अतिथी रहेका थिए ।
गोरखा नगरपालिका कार्य क्षेत्र रहेको संस्थामा महिला पुरुष गरी कुल १ हजार २३८ सदस्य रहेको ब्यवस्थापक श्रेष्ठले जानकारी दिए । उनका अनुसार संस्थामा १३ किसिमका बचत र ११ प्रकारका ऋण प्रवाह हुदै आएको छ ।
संस्थाले जिल्लामा नै पहिलो पटक मोबाइल बैंकिङ, क्यूआर कोड, ईन्टरनेट बैंकिङ जस्ता सेवा प्रवाह गर्दै आएको छ ।


