गाेरखा । रास्वपाको केन्द्रीय समिति बैठकले रिक्त विभिन्न पदाधिकारी पद पूर्ति गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले पार्टीको प्रवक्ता, कोषाध्यक्षसहितका पद पूर्ति गरेको हो ।
जसअनुसार प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन् ।
आजको बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ । एक उपसभापति, एक महामन्त्री ,एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी छ ।


