गाेरखा । आज शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा ३ हजार ३०० रुपैयाँले बढेर तोलाकाे ३ लाख १६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे पनि ताेलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ८५५ रुपैयाँमा काराेबार भएको थियाे ।


