गाेरखा । नेपाल राष्ट्र बैंकले आज शुक्रबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १९२ रुपैयाँ ६ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर १ को खरिददर १११ रुपैयाँ २ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर १ को खरिददर १२० रुपैयाँ २९ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा कायम भएको छ ।
थाइ भाट १ को खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९७ पैसा र बिक्रीदर ११ रुपैयाँ १ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ १७ पैसा र बिक्रीदर १६ रुपैयाँ २४ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ९३ पैसा र बिक्रीदर २४ रुपैयाँ ३ पैसा तोकिएको छ ।
बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ५०० रुपैयाँ २१ पैसा, बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९९ पैसा, ओमनी रियाल १ को खरिददर ३९७ रुपैयाँ र बिक्रीदर ३९८ रुपैयाँ ५६ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


