गाेरखा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमतीमा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपा सांसदहरूमाथि कारबाहीको चेतावनी दिएका छन् ।
उनले सरकार निर्माण प्रक्रियामा राप्रपाले कुनै दललाई समर्थन नगरेको बताए ।
आज एमालेका थापाले एमाले, नेकपा र राप्रपासहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
बागमतीमा राप्रपाका १२ जना सांसद छन् ।


