गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्यमा गिरावट आएकाे छ ।
आज सुन ताेलामा २ हजार ७० रुपैयाँले घटेर तोलाकाे ३ लाख ४ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे पनि ताेलाको ३ लाख ६ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्यमा पनि गिरावट आएकाे छ । चाँदी प्रतितोला १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ७५५ रुपैयाँमा काराेबार भएको थियाे ।


