गाेरखा । आज नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहदा चाँदीकाे मूल्य सामान्य गिरावट आएकाे छ ।
आज सुनकाे मूल्य स्थिर रहदा प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे पनि ताेलाको ३ लाख ६ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य स्थिर हुदा चाँदीकाे मूल्यमा भने सामान्य गिरावट आएकाे छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ७५५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ७७० रुपैयाँमा काराेबार भएको थियाे ।


