×
मङ्गलबार, भदौ ०२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
  • २२ मिनेट अघि

साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
  • ३ घण्टा अघि

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ
  • १८ घण्टा अघि

गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा
  • १८ घण्टा अघि

पोखरा महानगरका मेयर आचार्यद्वारा बंगलादेशका फोटो पत्रकारलाई स्वागत तथा बिदाइ
  • २१ घण्टा अघि

नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’
  • २१ घण्टा अघि

नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । नेपाल र बङ्गलादेशबीचको मित्रता, भाइचारा तथा फोटो पत्रकारबीचको दीगो सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पोखरा रङ्गशाला परिसरमा संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

    राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएको बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनको १२ सदस्यीय टोली र नेपाली फोटो पत्रकारहरूको सहभागितामा २ देशको मित्रताको प्रतीकस्वरूप आँप तथा विभिन्न फूलका बिरुवा रोपिएको हो ।

    पोखरा खेलकुद परिषद्का अध्यक्ष मिलन गुरुङको सहयोग तथा समन्वयमा आयोजित वृक्षारोपण कार्यक्रममा एनएफपीजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्त, बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनका अध्यक्ष ए.के.एम. मोहसिन, एनएफपीजे नेपाल पोखरा शाखाका अध्यक्ष योगेन श्रेष्ठ, उपाध्यक्ष बसन्त शेर्पा, सचिव प्रेम थापालगायत नेपाल र बङ्गलादेशका फोटो पत्रकार तथा अतिथिहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा नेपालकाे तर्फबाट एनएफपीजे नेपालका अध्यक्ष वन्त, बङ्गलादेशतर्फबाट अध्यक्ष मोहसिन तथा पोखरा शाखाको टोलीले संयुक्त रूपमा बिरुवा रोपेका थिए । पोखरा रङ्गशालालाई थप हरियाली बनाउने अभियानमा सहयोग पुर्‍याउनुका साथै नेपाल–बङ्गलादेशबीचको मित्रता र सहकार्यको दीगो चिनोका रूपमा वृक्षारोपण गरिएको एनएफपीजे नेपालले जनाएको छ ।

    एनएफपीजे नेपालका अध्यक्ष वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीच विगत २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई प्रकृति तथा वातावरण संरक्षणसँग जोडेर स्मरणीय बनाउन वृक्षारोपण गरिएको बताए ।

    “आज रोपिएको बिरुवा केवल एउटा बिरुवा होइन, नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीचको मित्रता र सहकार्यको जीवित प्रतीक हो,” अध्यक्ष वन्तले भने, “यी बिरुवा जसरी हुर्कँदै र फैलिँदै जानेछन्, त्यसरी नै दुई देशका फोटो पत्रकारबीचको सम्बन्ध, सहकार्य र आत्मीयता पनि अझ बलियो हुँदै जाने हाम्रो विश्वास छ ।”

    बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनका अध्यक्ष ए.के.एम. मोहसिनले नेपाल भ्रमणका क्रममा मित्रताको प्रतीकस्वरूप वृक्षारोपण गर्न पाउनु खुसीको विषय भएको बताउँदै नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीचको सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

    लेखकबाट थप:

    • सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
    • साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    • आज प्रतिनिधिसभाको बैठक बस्दै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    आज प्रतिनिधिसभाको बैठक बस्दै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे

    • २. साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय

    • ३. आज प्रतिनिधिसभाको बैठक बस्दै

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    • ६. प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ

    • ७. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • ३. गोरखामा लुटपाट गरेको आरोपमा श्रीकृण्ण र कुशल पक्राउ

    • ४. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • ५. आज राष्ट्रियसभाको बैठक बस्दै

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.