गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
आज सुन ताेलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख ५ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य समेत बढेकाे छ । चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ७१० रुपैयाँमा काराेबार भएको थियाे ।


