गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
आज सुन ताेलामा ४ हजार ६०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख ६ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य समेत घटेकाे छ । चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६६० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ७५० रुपैयाँमा काराेबार भएको थियाे ।




















