×
शुक्रबार, साउन २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
  • ३७ मिनेट अघि

रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता
  • ५० मिनेट अघि

कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते
  • १ घण्टा अघि

राेल्पामा चट्याङ लागेर १ जना पुरुषको मृत्यु
  • १ घण्टा अघि

बाजुरामा बाढी पहिरो : १ जना बेपत्ता, २ जना घाइते
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमतीमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
  • २३ घण्टा अघि

कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते

  •  गोरखा समाचार
  • शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । कोलम्बियामा गएकाे शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी कार्यलाई तीव्र बनाइरहे पनि कतिपय ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरु भएको रोयटर्सले जनाएको छ ।

    गएको सोमबार बिहान स्थानीय समयअनुसार ७:३० बजे गएको ७.४ म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा क्षति पुगेको थियाे ।

    सरकारी तथ्यांकअनुसार अहिलेसम्म कम्तीमा २७३ जनाको मृत्यु भएको छ भने ३ हजार ८०० भन्दा बढी मानिस घाइते भएका छन् । अझै ३७७ जना बेपत्ता रहेको खबरमा उल्लेख गरिएकाे छ ।

    राजधानीपछिको ठूलो सहर मानिने कालीमा उद्धार टोलीले अधिकांश ठाउँमा भग्नावशेष हटाउने काम थालेका छन् । यद्यपि ९ ठाउँमा खोज तथा उद्धार अभियान अझै सक्रिय रहेको नगरप्रमुख अलेजान्द्रो एडरले बताएका छन् । उद्धारकर्तालाई भग्नावशेषभित्र जीवित व्यक्ति भए–नभएको पत्ता लगाउन सहज होस् भन्दै ती क्षेत्रमा शान्त रहन आग्रह गरिएको छ ।

    कालीको टोरेस डेल लिमोनार आवासीय क्षेत्रमा स्वयंसेवक, उद्धारकर्मी र सुरक्षाकर्मीले भग्नावशेषमा खोजी जारी राखेका छन् । केही ठाउँमा ग्यासका सिलिन्डरलगायत जोखिमपूर्ण सामग्री निकालिएकाले उद्धारका क्रममा विशेष सावधानी अपनाइएको छ ।

    स्थानीय रेस्टुरेन्ट व्यवसायी तथा अन्य स्वयंसेवकले उद्धारकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि दैनिक झण्डै १ हजार जनालाई खाना उपलब्ध गराइरहेका छन् । भूकम्पबाट प्रभावित ग्रामीण तथा दुर्गम क्षेत्रमा भने उद्धार र राहत अझै चुनौतीपूर्ण बनेको छ ।

    कालीको उत्तरपश्चिममा रहेको बुएनाभेन्तुराका केही प्रभावित बस्तीमा उद्धार टोली पुग्न नसकेको अन्तर्राष्ट्रिय उद्धार संस्थाले जनाएको छ ।

    त्यहाँ सशस्त्र समूहका कारण केही बस्तीमा पहुँच कठिन बनेको र कतिपय ठाउँमा राहत सामग्री वितरणमा समेत समस्या आएको खबरमा उल्लेख छ । प्रभावित क्षेत्रमा खानेपानी, ग्यास र विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।

    भूकम्पपछि १५० भन्दा बढी पराकम्प रेकर्ड भइसकेका छन् । जसले उद्धारको काममा कठिनाइ भइरहको छ । त्यहाँको सरकारले भूकम्पबाट १२ हजार ५०० भन्दा बढी घरमा क्षति पुगेको अनुमान गरिएको छ ।

    लेखकबाट थप:

    • बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
    • रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता
    • राेल्पामा चट्याङ लागेर १ जना पुरुषको मृत्यु
    • बाजुरामा बाढी पहिरो : १ जना बेपत्ता, २ जना घाइते
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
    रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता
    राेल्पामा चट्याङ लागेर १ जना पुरुषको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार

    • २. रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता

    • ३. कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते

    • ४. राेल्पामा चट्याङ लागेर १ जना पुरुषको मृत्यु

    • ५. बाजुरामा बाढी पहिरो : १ जना बेपत्ता, २ जना घाइते

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमतीमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • २. सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे

    • ३. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.