गोरखा । झोलामा रहेको रकम लुटपाट गरेको आरोपमा गोरखा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
लुटपाट गरेको आरोपमा प्रहरीले गोरखा पालुङटार नगरपालिका–२ हर्मीकोट, आँपपिपल घर भएका श्रीकृण्ण परियार र सोही वडाका ओडारे बस्ने कुशल एसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार साउन ५ गते राती ९ः२० बजेको समयमा पालुङटार नगरपालिका–२ को भण्डारी चौतारामा सिरानचोक गाउँपालिका–३ हर्मीबाट आफ्नो घर तर्फ जादै गरेका दुर्गा एसीको साथमा रहेको १ लाख ७० हजार लुटपाट गरेको आरोप लागेको हो ।
पक्राउ परेको दुवै जनाले कालो नकाव लगाएर दुर्गाको साथ रहेको उक्त रकम लुटपाट गरेका थिए । उनीहरुले पिडितलाई बोराले मुख छोपी डोरीले बाध्ने कोशिस समेत गरेको सूचना अधिकारीले श्रेष्ठले जानकारी दिए ।
रकम लुटेर फरार भएका दुवैलाई जिल्ला बाहिरबाट नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्य १ जनालाई राजधानी र अर्कोलाई नवलपरासीबाट पक्राउ गरी गोरखा ल्याएको थियो ।
दुवै जना बिरुद्व डाँकाचोरी कसुरमा मुद्वा दर्ता गरेर आज बुधबार नै गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिएर प्रहरीको थुनुवा कक्षमा राखेर अनुसन्धान सुरु गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।





















