गाेरखा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले भाेली बिहीबार राजीनामा दिन लागेका हुन् ।
मुख्यमन्त्री शाहले बिहीबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेकाे मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले बताए ।
गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो । संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि भोलि पूरा हुँदैछ ।
विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । शाह नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।




















