गाेरखा । साताकाे पहिलाे दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेकाे छ ।
आज सुन ताेलामा ५ हजार १०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाको २ लाख ९६ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनसगै चाँदी मूल्य पनि बढेकाे छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार प्रतितोला ४ हजार ५८० रुपैयाँमा काराेबार भएको थियाे ।




















