साँकेतिक तस्बिर
गाेरखा । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट १ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बस्ने वर्ष ५७ को तुलसीराम त्वयना रहेका छन् ।
उनले उपभोक्ताहरूलाई प्रति सिलिण्डर ७ हजारका दरले बिक्री वितरण गरेको भन्ने जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो क्रममा प्रहरी टोलीले चेकजाँच तथा अनुगमन गर्दा ३ थान सिलिण्डर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




















