गाेरखा । गाेरखा सदरमुकाममा १ पेट्रोल पम्पमा माथीबाट आएकाे पहिराले क्षती पुर्याएकाे छ ।
बिहीबार बिहान गोरखा गोरखा नगरपालिका-११ काे बाह्रकिलो स्थित गोरखकाली फ्युल सेन्टर पहिराेले क्षती पुगेकाे हाे ।
पम्प संगै रहेकाे डाँडाे खसेर पम्पमा क्षती पुर्याएकाे सञ्चालक मध्यका एक रामहरी केसीले जानकारी दिए । उनका अनुसार रातकाे समयमा परेकाे अविरल बर्षा पछी बिहीबार बिहान पम्पकाे सुरक्षाकाे लागी लगाएकाे पर्खाल भत्किएर पम्पमा क्षती पुगेकाे हाे ।
पम्पको डिस्टेन्सर मेसिनका साथै पार्किङ गरी राखेको ५ वटा विभिन्न प्रकारका मोटरसाइकलमा समेत सामान्य क्षती पुगेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।
पम्पमा क्षती पुगेसंगै तेल बितरण राेकिएकाे पिन सञ्चालक केसीले जानकारी दिए । क्षतीकाे पूर्ण बिवरण संकलन भइरहेकाे प्रहरीले जनाएकाे छ ।




















