गाेरखा । नेपाल राष्ट्र बैंकले आज मंगलबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७६ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६ पैसा, क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११८ रुपैयाँ ७० पैसा र बिक्रीदर ११९ रुपैयाँ १७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ५५ पैसा र बिक्रीदर २२ रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ५४ पैसा र बिक्रीदर ४० रुपैयाँ ७० पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९३ पैसा कायम भएको छ ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६५ पैसा र बिक्रीदर १० रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ र बिक्रीदर ९६ रुपैयाँ २ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा, कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७५ पैसा, बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ७९ पैसा बिक्रीदर ४०५ रुपैयाँ ३८ पैसा, ओमनी रियाल १ को खरिददर ३९५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।




















