गाेरखा । अविरल बर्षा पछी गाेरखा बजारमा रहेकाे १ घर भत्किएर पूर्ण रुपमा क्षती पुगेकाे छ । साेमबार बिहान ११ बजेकाे समयमा गाेरखा नगरपालिका-९ लक्ष्मी बजारकाे दिवामार्गमा रहेकाे घर पहिरीएकाे हाे ।
स्थानिय मान सिंह गुरुङको ३ तले पक्की घर जगैबाट पहिरिएर करिव २० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।
घर पहिरिदा साेही घरमा डेरा गरी बस्ने जिल्ला रौतहट कटरिया नगरपालिका-७ घर भएका बर्ष ५८ को टोखान महतो घाईते भएका छन् । स्थानियका अनुसार उनी खाना खादै गर्दा घर पहिरिएकाे थियाे । उनकाे गाेरखा अस्पतालमा उपचार जारी छ ।
पहिरिएकाे घरले सगै रहेकाे कृष्ण देव महत्तोको ४ तले पक्की घरमा समेत आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । पहिरिएकाे घरकाे क्षतीकाे विवरण संकलन भइरहेकाे पनि प्रहरील जानकारी दिएकाे छ ।
घर पहिरिए लगत्तै रास्वपा साँसद कविन्द्र बुलार्लाकाेटीले अवलाेकन गरेकाे पनि स्थानियले जानकारी दिएकाे छ ।
घर पहिरिदा त्यहाँ रहेकाे पक्की सडकमा समेत क्षती पुगेकाे छ ।




















