गाेरखा । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले ४ जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टी गरेकाे छ ।
पक्राउ परेका चारै जना बिरुद्व मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट शुक्रबार ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कार्यालयले जानकारी दिएकाे हाे ।
आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको सूचनाका आधारमा प्रहरीले ती खाजा घरमा छापा मारेर महिलालाई पक्राउ गरेको हो । उक्त स्थानबाट १ बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




















