गोरखा । उत्तरी गाेरखाका पुरबहादुर गुरुङ (युक्त) पाकिस्तानमा रहेकाे ‘ब्रोड पिक’ चढने क्रममा मृत्यु भएकाे छ । ८ हजार ४७ मिटर उचाईको ‘ब्रोड पिक’ आरोहणको क्रममा ३७ बर्षिय गुरुङको मृत्यु भएको हाे ।
धार्चे गाउँपालिका–४ लाप्राक घर भएका गुरुङकाे ‘ब्रोड पिक’ चढने क्रममा आएकाे हिम पहिराेमा परेर मृत्यु भएकाे अल्पाइन क्लब अफ पाकिस्तानले पुष्टि गरेकाे हाे ।
सन् २००९ मा पोर्टर बाट काम सुरु गरेका उनले अहिलेसम्म १० पटक सगरमाथाकाे सफल आराेहण गरिसकेका छन् ।




















