गोरखा । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप ) गोरखाको आर्थिक सहयोग चुम उपत्यकास्थित चौरीखर्क पदमार्ग स्तरोन्नतीकाे काम सुरु भएकाे छ ।
पदमार्गलाई सुरक्षित र सहज बनाउने उद्देश्यसहित संरक्षण क्षेत्र व्यवस्थापन समिति छेकम्पारमार्फत पदमार्ग स्तरोन्नतीको काम अघि बढाइएको हो ।
पदमार्गमा ढुङ्गा बिछ्याउने, क्षतिग्रस्त भागको मर्मत गर्ने र तारजाली लगाउने काम भइरहेका कार्यालयले जनाएको छ । जस अन्तरर्गत ४२० मिटर पदमार्ग स्तरोन्नतीको काम भइरहेको हो ।
चालु आर्थिक बर्षको स्विकृत कार्यक्रम अन्तरर्गत जोखियुक्त ठाउँमा तारजाली लगगाउने तथा अन्य स्थानमा ढुङ्गा विच्छयाउने काम भइरहेकाे छ ।
पदमार्ग सुधारले आवागमन सुरक्षित र व्यवस्थित हुने कार्यालयले आशा राखेकाे छ । यसले स्थानीय बासिन्दा तथा पर्यटकहरूको आवतजावतलाई सहज बनाउनुका साथै दिगो पर्यटन प्रवर्द्वन र समग्र संरक्षण क्षेत्र व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष छिरिङ लामाले जानकारी दिए ।




















