गाेरखा । उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तरराष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएका छन् ।
पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिमपहिरोमा परेसँगै सम्पर्क विच्छेद भएका हुन ।
उक्त टोलीमा निर्मल पुर्जासहित ५ जना नेपाली, १ पाकिस्तानी, १ ओमानी, १ अमेरिकी, १ चिनियाँ तथा अर्का १ आरोहीको राष्ट्रियता नखुलेको एशोसिएटेट प्रेसले जनाएको छ ।
पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेका जनाएका छन् ।




















