गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज बिहीबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११८ रुपैयाँ २१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ६९ पैसा र बिक्रीदर ४० रुपैयाँ ८४ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर ४२ रुपैयाँ ६ पैसा कायम भएको छ ।
थाइ भाट १ को खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ २८ पैसा र बिक्रीदर २३ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
बैङ्कले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ १५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ १० पैसा, बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ७ पैसा बिक्रीदर ४०६ रुपैयाँ ६६ पैसा, ओमनी रियाल १ को खरिददर ३९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २७ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।




















