गाेरखा । एउटा प्रयोजनको लागि लिइएको कर्जा अर्को प्रयोजनमा प्रयोग गरेको अभियोगमा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कर्जा दुरुपयोग प्रकरणमा पक्राउ गरेको हो ।
कर्जा प्रवाहमा अनियमितता गरेको देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।
रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको भन्दै पक्राउ परेकी हुन् । उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल अनुसन्धानकै क्रममा सीआईबीको हिरासतमा छन् ।
प्रभु बैंकले सो कम्पनीलाई ४८ करोड रुपैयाँ कर्जा दिएको थियोे। नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षणपछि अनियमितता उजागर भएको सीआईबीस्रोतले जनाएको छ ।




















