गाेरखा । सरकारले १ रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेकाे छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि समावेश गरिएकाे छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बासहित तस्वीर राख्नेगरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको थियो । राष्ट्र बैंकलाई १ रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन सरकारले भनेको थियो ।
राष्ट्र बैंक ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।
सिक्कामा ६४ वटा थोप्ला हुन्छन्, जुन ६४ योगिनीको प्रतिक मानिन्छ । सिक्का आफैंमा ऐतिहासिक चिज मानिन्छ । सिक्कामा प्रयोग हुने चिजले विशेष अर्थ राख्ने गर्दछ ।




















