×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा ट्राफिक कारवाहीमा झण्डै ५० प्रतिशत कमी आयो

  •  गोरखा समाचार
  • आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा सदरमुकामकाे जेब्रा क्रसमा माेटरसाइकल पार्किङ गरेपछी ह्विललक लगाउदै ट्राफिक प्रहरी  

    गोरखा । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षको राजश्वमा झण्डै ५० प्रतिशत कमी आएको छ ।

    गत आर्थिक वर्ष ०८२–०८३ मा कार्यालयले जिल्ला भर सवारी साधनको कारवाहीबाट ५५ लाख १५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको जिल्ला इन्चार्ज प्रहरी नायव निरिक्षक सुरज अर्यालले बताए ।

    ‘अघिल्लो आर्थिक वर्षमा जिल्लाको विभिन्न स्थानमा सवारी कारवाहीबाट करोड बढी संकलन भएको थियो’ उनले भने ‘गएको आर्थिक बर्षमा ५५ लाख हाराहारीमा संकलन भएको छ ।’

    कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष ०८१–०८२ मा ट्राफिक नियम उल्लंघन गर्ने सवारीबाट १ करोड ७ लाख ७१ हजार १ रुपैयाँ संकलन भएको थियो ।

    राजश्वमा कमी आउनुका कारण सवारी चालकहरुमा सचेतना बढेको इन्चार्ज अर्यालले दावी गरे । उनका अनुसार गएको आर्थिक वर्षमा कार्यालयले जिल्लाको धेरै जसो स्थानमा सचेतना कार्यक्रम चलाएको र सोही कारण कारवाहीमा कमी आएको र राजश्व संकलन पनि कम भएको हो ।

    कार्यालयका अनुसार गएको आर्थिक बर्षमा सबैभन्दा धेरै २ पाँग्रें सवारी साधन कारवाहीमा परेको थियो । २ हजार ३७० मोटरसाइकल तथा स्कुटर कारवाहीबाट १९ लाख ५५ हजार, १ हजार ३०४ वटा कार तथा जिपबाट ११ लाख ४३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको थियो ।

    त्यस्तैगरी, १ हजार २०४ वटा ट्रक तथा टिपरबाट ११ लाख ६२ हजार ५०० रुपैयाँ, ८८३ वटा बसबाट ८ लाख १० हजार, ४५५ वटा ट्याक्टरबाट ३ लाख ६९ हजार र ९५ वटा टेम्पो तथा अन्य सवारीबाट ६५ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको हो ।

    कारवाहीमा परेको अधिकांक सवारी साधनले कागजपत्र दुरुस्त नराखेको, चालकले मापसे तथा लापसे गरेको, यात्रु संग बढी भाडा असुलउपर गरेको, सवारी चलाउदा अनुमती पत्र नलिकन चलाएको तथा विभिन्न ट्राफिक नियम उल्लंघन गरेका थिए ।

    कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आव ०८१–०८२ मा ११ हजार ४३ वटा विभिन्न प्रकारका सवारी साधन कारवाहीमा परेका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन १०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.