गाेरखा । प्रहरीले सिरहामा गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएकाे छ ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको हो ।
सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर ५ जना भारतीय र १ जना नेपालीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट खैरो हिरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
१ भारतीय र १ नेपालीको खुट्टामा गोली लागेर घाईते भएपछी उनीहरुलाई उपचारको अस्पताल भर्ना गरीएकाे प्रहरीले जनाएको छ ।




















