गाेरखा । साताकाे चाैथाें दिन नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ बढेको छ ।
सुन ताेलाको ५ हजार ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाको २ लाख ८५ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुन सगै चाँदीको मूल्य पनि बढेकाे छ । चाँदी प्रतितोला ११० रुपैयाँ बढेर ४ हजार ४८० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ३७० रुपैयाँमा काराेबार भएको छ ।




















