गाेरखा । नेपाली बजारमा अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।
‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाकाे मूल्य पुन: बढेकाे नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएकाे छ । संङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा ४२० वाट ४७० पुगेको छ भने सानो अण्डा ४१५ पुगेको छ ।
सबै अण्डाकाे भाउमा प्रतिक्रेट रु ५० बढेको संघले जनाएकाे हो । दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको संघले जनाएकाे छ ।
जेठको अन्तिममा प्रति क्रेट अण्डाको ५५० मा बिक्री भएकामा झरेर ४५० मा आइपुगेको थियो । अण्डाको लागत प्रति क्रेट ५७३ रुपैयाँ ६० पैसा पर्न आउँदछ । प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको छ ।




















