गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज बुधबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०७ रुपैयाँ १७ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २२ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९ पैसा, कतारी रियाल १ को खरिददर ४२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
थाइ भाट १ को खरिददर ४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४२ रुपैयाँ, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा, स्विडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ९० पैसा र बिक्रीदर १५ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ४८ पैसा र बिक्रीदर २३ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
बैङ्कले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६७ पैसा, कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४० पैसा, बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ५६ पैसा बिक्रीदर ४०९ रुपैयाँ १५ पैसा, ओमनी रियाल १ को खरिददर ३९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ४०० रुपैयाँ ७१ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।




















