साँकेतिक तस्बिर
गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका–२ स्थित बगुवाखेतका एक युवकको शव फेला परेका छन् ।
स्थानीय २४ वर्षीय युवासागर भट्ट मृत अवस्थामा फेला परेका हुन् ।
बिहान घर नजिकै रहेको पराने चौर जाने बाटोस्थित झाँडीमा उनी मृत भेटिएको गाेरखा प्रहरीले जनाएको हाे ।
स्थानीयवासीले बाटो छेउको झाँडीमा शव देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडि बढाएको गाेरखा प्रहरीले जनाएकाे छ ।
मृतक भट्टको शवलाई परीक्षण (पोष्टमार्टम) का लागि आरुघाट अस्पताल लगिएको छ । प्रहरीका अनुसार भट्टको मृत्यु हुनुको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन ।




















