गाेरखा । उत्तरी गाेरखाकाे कटुन्जे क्षेत्रमा करेन्ट लागेर १ जना बृद्व महिलाकाे मृत्यु भएकाे छ । बाख्रा चराउन गएकी ति बृद्वा सहित उनकाे ५ वटा बाख्रा समेत करेन्ट लागेर मृत्यु भएकाे गाेरखा प्रहरीले पुष्टी गरेकाे हाे ।
आइतबार दिउसाे ३:२५ बजेकाे समयमा आरुघाट गाउपालिका-२ काे माथिल्लो कटुन्जे, पुनाचौतारा स्थितमा रुखमा बिजुलीको तार सर्ट हुँदा आरुघाट गाउँपालिका-१ स्थित बस्ने बर्ष ६५ की धन कुमारी गुरुङ गंभिर घाईते भएकी थिइन ।
घाईते गुरुङकाे आरुघाट आधारभुत अस्पतालमा उपचारकाे क्रममा साँझ ६:४५ बजे मृत्यु भएकाे प्रहरीले जनाएकाे हाे । प्रहरीका अनुसार रुखमा तार लत्रेर करेन्ट प्रवाह दुहा विधुतकाे पाेलमा समेत आगलागी भएकाे थियाे ।
प्रहरीले घटनाकाे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।




















