गाेरखा । गाेरखामा मलामी गएकाे ब्यत्तिलाई दराैदी नदीले बगाएर बेपत्ता बनाएकाे छ ।
बेपत्ता हुनेमा अजिरकाेट गाउँपालिक-झ्यावाँका ४० बर्षिय शम्शेर नेपाली भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले पुष्टी गरेकाे हाे ।
नेपाली हिजाे दिउसाे १ बजेकाे समयमा साेही वडाकाे तालफुटेघाटमा मलामी जादा दराैदी नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा नेपालीलाई दराैदी नदीले बगाएकाे थियाे ।
नदीले बगाए लगत्तै प्रहरी र उनका आफन्त तथा स्थानियले खाेजी गरेकाे भएता पनि हिजाे साँझ सम्म पनि केही पत्ता नलागेपछी आज बिहानैदेखी पुन: खाेजविन सुरु गरीएकाे कार्यालयले जनाएकाे छ ।
उनकाे अहिले पनि खाेजी कार्य जारी रहेकाे गाेरखा प्रहरीले जनाएकाे छ ।




















