×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अमेरिका र इरानबिच पुन: आक्रमण, तेलकाे मूल्य बढ्याे

  •  गोरखा समाचार
  • सोमबार, असार २९, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । अमेरिकी सेनाले इरानमाथि गर्दै आएको पछिल्लो शृङ्खलाको आक्रमण हाललाई सकिएको बताएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमाथिको ‘नयाँ चरणको आक्रामक हमला पूरा गरेको’ जनाएको हो ।

    स्ट्रेट अफ होर्मुजबाट हुने अन्तर्राष्ट्रिय पानीजहाजको आवतजावतमा इरानले गर्दै आएको आक्रमणलाई रोक्न यस्तो कदम चालिएको सेन्टकमको भनाइ छ । यसका लागि ‘विभिन्न स्थानका दर्जनौँ निसानामा सटिक हतियार प्रहार गरिएको’ विज्ञप्तिमा उल्लेख छ ।

    सेन्टकमले इरानको ‘हवाई रक्षा प्रणाली, तटीय राडार स्थल, क्षेप्यास्त्र र ड्रोन क्षमता तथा साना डुङ्गाहरू’ लाई निसाना बनाएको जनाएको छ । आक्रमणमा अमेरिकी लडाकु विमान, नौसेनाका जहाज, एकतर्फी आक्रमण गर्ने हवाई ड्रोन र पहिलोपटक समुद्री ड्रोनसमेत प्रयोग गरिएको थियो ।

    अमेरिकी सेनाले आक्रमण सकिएको घोषणा गर्नुभन्दा केही बेरअघि मात्र इरानको दक्षिणी होर्मोज्गान प्रान्तस्थित बन्दर अब्बासमा कम्तीमा २ वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको इरानी समाचार एजेन्सी इर्नाले जनाएको छ ।

    यसैबिच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी आक्रमणको जवाफ दिने क्रम सुरु गरेको छ । आईआरजीसीले पहिलो चरणअन्तर्गत जोर्डनस्थित प्रिन्स हसन हवाई अखडामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । उक्त आक्रमणबाट त्यहाँ रहेका इन्धन भण्डार र हतियार राख्ने गोदाममा आगो लागेको बताइएको छ ।

    होर्मुज जलमार्गमा ट्र्याकिङ प्रणाली बन्द गरेर अवैध रूपमा यात्रा गरेको आरोपमा इरानी नौसेनाले २ वटा जहाज रोकेपछि अमेरिकाले इरानी तटीय सैन्य अखडामा आक्रमण गरेको थियो । सोही अमेरिकी कदमको जवाफमा जोर्डनमा आक्रमण गरिएको इरानको दाबी छ ।

    त्यसैगरी, आईआरजीसीले आफ्नो प्रत्याक्रमणको दोस्रो चरणअन्तर्गत बहराइनको सेख इसा हवाई अखडाका विभिन्न संरचनामा निसाना बनाएको दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै आईआरजीसीले आफ्नो एयरोस्पेस बलले हेलिकोप्टर मर्मत केन्द्र, पी–८ विमान राखिने ह्याङ्गर र अमेरिकी सेनाको ड्रोन कमान्ड एन्ड कन्ट्रोल सेन्टरमा प्रहार गरेको जनाएको छ ।

    अमेरिकाले इरानमाथि निरन्तर सैन्य कारबाही गरेपछि त्यसको जवाफमा यस्तो आक्रमण गरिएको र यो क्रम अझै जारी रहने इरानले स्पष्ट पारेको छ । इरानको नुर न्युज एजेन्सीले पनि इरानी सेना र आईआरजीसीले ‘क्षेत्रीय रूपमा रहेका शत्रुहरूका अखडामा’ ठुलो परिमाणमा क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेको जनाएको छ ।

    एक इरानी सैन्य अधिकारीलाई उद्धृत गर्दै नुर न्युजले विगत ४८ घण्टामा ‘शत्रुका गतिविधि’ पहिचान गरिएका स्थानहरूलाई लक्षित गर्दै कारबाही अघि बढाइएको उल्लेख गरेको छ ।

    यसै बिच स्ट्रेट अफ होर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा खतरा बढेपछि सोमबार कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । ग्रिनविच समय अनुसार राति ११:११ बजे  सम्ममा ब्रेन्ट क्रुड फ्युचर्स २.३४ डलर अर्थात् ३.०८ प्रतिशतले बढेर ७८.३५ डलर पुगेको छ ।

    यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड प्रतिब्यारेल २.२१ डलर अर्थात् ३.०९ प्रतिशतले बढेर ७३.६२ डलर पुगेको छ ।

    खाडी क्षेत्रमा युद्ध चर्किँदै गएको र इरानले महत्त्वपूर्ण होर्मुज जलमार्ग बन्द गरेको दाबी गरेपछि सोमबार एसियाली सेयर बजार ओरालो लागेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, असार २९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.