गाेरखा । पालुङ्गटार नगरपालिकाकाे च्याङ्ली क्षेत्रकी १ जना महिला हिजाे साँझ पख मर्स्याङ्दी नदीमा हाम फालेर बेपत्ता भएकी छिन ।
पालुङटार नगरपालिका-७ च्याङ्ली स्थित सतीघाट निवासी अन्दाजी ६८ वर्षीय ज्ञानु नेपाली मर्स्याङ्दीमा हाम फालेर बेपत्ता भएको पत्रकार रबिन्द्र कडे्लले जानकारी दिए ।
उनका अनुसार हिजाे आइतबार साँझ करिब ७ बजेतिरको समयमा गोरखाको च्याङ्ली र तनहुको भानु जोड्ने झोलुङ्गे पुल तर्फ जाँदै गरेको देखेपछि केही स्थानीय महिलाहरुले रोक्न खोज्दा सबैलाई धकेल्दै पुलतर्फ अगाडि बढेकी नेपालीले च्याङ्ली तर्फबाट पुल पुरै तरिसकेपछि मर्स्याङ्दी नदीतर्फ झरेर मर्स्याङ्गीमा हाम फालेको प्रत्यक्षदर्शीहरुले बताएकाे भन्दै पत्रकार कडे्लले बताए ।
नदीमा भेल बढी भएकाे खोजी कार्यमा कठिन भइरहेको गाेरखा प्रहरीले जनाएको छ ।




















