लक्ष्मी श्रेष्ठ । लायन्स क्लब अफ गोरखाकालिकाले आज सदरमुकाममा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखा नगरपालिका–९ को पेन्सन क्याम्प डाँडामा विभिन्न जातका बिरुवाहरुको रोपण गरिएको क्लबका अध्यक्ष प्रेमिता श्रेष्ठले जानकारी दिइन ।
क्लबका पदाधिकारी र सदस्यहरु तथा स्थानियहरु मिलेर उक्त क्षेत्रमा गुलमोहर, धुपी, अम्बा जातका २५ बोट बिरुवा रोपण गरिएको अध्यक्ष श्रेष्ठले बताईन ।
नयाँ कार्य समिति बनेपछी बार्षिक कार्य योजना अन्तरर्गत बृक्षा रोपण गरिएको पनि उनेले बताईन ।





















